२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पहिरोले घर पुरिँदा एकको मृत्यु

विराटनगर- तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा शुक्रबार राती गएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । परिवारका अन्य व्यक्तिहरू घाइते भएका छन् ।

लगातारको वर्षापछि घरमाथि खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका खाम्लालुङका करिब ६० वर्षीय देव थलङको उपचारका लागि लैजाने क्रममा बाटैमा निधन भएको वडाध्यक्ष भिमबहादुर लिम्बुले जानकारी दिए ।

बिहीबारदेखि दिनभर पानी परेका कारण पहाडी भिरालो जमिनमा पहिरोको जोखिम रहेको उनले बताए । ‘आज दिनभरी नै पानी पर्यो, पहिरो खसेर गाउँकै एक जनाको ज्यान गयो,’ उनले भने । पहिरोले घर पुरिँदा सोही घरमा रहेका गणेश स्पो घाइते भएको जनाइएको छ । उनको अवस्था भने सामान्य रहेको वडाध्यक्ष लिम्बुले बताए ।

पहिरोले घर पूर्ण रूपमा क्षति भएको र घरका लत्ताकपडा र सरसामान समेत पुरेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com