२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

माओवादी घटकहरूको निर्णय : २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तरक्रिया

माओवादी घटकहरूको निर्णय : २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तरक्रिया

काठमाडौँ । माओवादी घटकहरूले द्वन्द्वकालीन घटनाको सन्दर्भमा संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको माओवादीहरूको बैठकले आगामी २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त रुपमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले भने, ‘द्वन्द्वकालीन घटनाको विषयमा २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ । पत्रकार सम्मेलन आइतबार दिउँसो २ बजे हुँदैछ ।’

आहुतिले ३० गतेको अन्तरक्रिया कार्यक्रम काठमाडौँमा हुने र उक्त कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक, विचारक तथा नागरिक समाजका अगुवासँग परामर्श गरिने बताए ।

द्वन्द्वकालीन मुद्दामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकहरू यस मुद्दालाई किनारा लगाउन लागि परेका छन् ।

गत शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दायर गर्ने अनुमति दिएपछि माओवादी घटकहरूले फागुन २३ गते संक्रमणकालीन न्यायको मुद्दालाई टुंगो लगाउन एकजुट हुने सामूहिक प्रतिवद्धता जाहेर गरेका थिए ।

संक्रमणकालीन मुद्दा सर्वोच्चले हेर्न नहुने भन्दै उनीहरुले प्रतिवाद गर्दै आइरहेका छन् । प्रचण्डविरुद्ध परेको रिटमा सर्वोच्चले सुनुवाइ आज छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com