२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

७० हजार धरौटीमा छुटे नेता धर्मेन्द्र बाँस्तोला

नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटीमा छुटेका छन्।

दाङ जिल्ला अदालतले शुक्रबार उनलाई धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन्।

दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार शुक्रबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर नेता बाँस्तोला छुटेका हुन‍्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

आफ्नो घर सुर्खेतको पञ्चपुरी नगरपालिका–९ तर्फ जाँदै गरेका बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

टाउकोमा चोट लागेको चौधरीलाई प्रहरीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँ पुर्‍याएको केहीबेरमै राति १० बजेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा बाँस्तोलालाई भने कुनै चोटपटक लागेको थिएन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com