२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्यो

चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्यो

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो ।

यसअघि श्रीलंका लगायत देशलाई खुला गरेपनि चीनले नेपाललाई खुला गरेको थिएन । कोरोना महामारीका रुपमा चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो ।

चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले यो निर्णय आगामी मार्च १५ देखि लागू हुने जनाएको छ । ४० देशहरूको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोएसिया, फ्रान्स, ग्रीस, स्पेन रहेका छन् ।

यस्तै आइसल्याण्ड, अल्बानिया, इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोंगा, समोआ, चिले, बी। उरुग्वे, पानामा, डोमिनिका, एल साल्भाडोर, डोमिनिका, बहामास पनि यो सूचीमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com