२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

पार्टीको आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ : उम्मेदवार यादव

पार्टीको आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ : उम्मेदवार यादव

काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार थाहा हुने बताएकी छन् । शनिवार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार कुमारीले जनता समाजवादी पार्टीको तर्फबाट दुई जनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार भोलि थाहा हुने जानकारी दिएकी हुन् । जसपाबाट रामसहाय यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले भनिन्, ‘मेरो उम्मेदवारी जित्नको लागि हो । प्रतिस्पर्धा गर्नुपर्‍यो । आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनाव सम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुई जनाको उम्मेदवारी पर्‍यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु ।’ उनले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com