२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

काठमाडौं – वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल आज रातिबाट सकिन लागेको हो । उनले २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हालेकी छन् । दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।

भण्डारी शितलनिवासबाट बूढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको सचिवालय स्रोतले जनाएको छ।

भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

एमाले नेता सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको शपथ ग्रहण भोलि हुँदैछ । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com