२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

ओली र केसीबीच बालकोटमा २ घण्टा वार्ता

जनसेवा न्युज डटकम संवाददाता

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो ।

ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ । त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् ।

जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए । यसको साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ ।
भेटमा चुच्चे नक्सा अनुसारको भूगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुने विषयमा छलफल भएको थियो । भ्रष्टाचारविरुद्ध एक भई लड्ने प्रतिबद्धता समेत दुई नेताले जनाएका थिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com