२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

महिला फिल्ममेकर निर्मित फिल्मको पहिलो चलचित्र महोत्सव सम्पन्न

महिला फिल्ममेकर निर्मित फिल्मको पहिलो चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएको थियो ।

विहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको किपालय प्रडक्सनले जनाएको छ ।
किपालय प्रडक्सनले फिल्म निर्माण तथा निर्देशनमा महिलाको सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा फिल्म निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ ।

फेस्टिभलमा यसरी निर्माण भएका फिल्मसँगै अन्य संस्थाको सहकार्यमा महिलाले बनाएका फिल्म प्रदर्शन गरिएका हुन् । किपालयले सन् २०२१ मा काठमाडौँमा र सन् २०२२ मा बाँके बर्दियामा कार्यशाला चलाएको थियो । यसैगरी फेस्टिभलमा किपालयले बाँकेमा दिएको मोबाइल फिल्म मेकिङको कार्यशालाबाट तयार भएका फिल्मलाई पनि प्रदर्शनमा समावेश गरेको थियो । डकस्कुलबाट बनेका डकुमेन्ट्री पनि फेस्टिभलमा सहभागी गराइएकी फेस्टिभल आयोजनाकी सदस्य पुष्पा जोशीले बताइन् ।

फेस्टिभलमा समावेश फिल्म तीन स्लटमा राखी प्रदर्शन गरिएको थियो । ११ बजेदेखि १२।१०सम्म चलेको पहिलो स्लटमा ५ फिल्म देखाइएको थियो जसमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘दि जर्नी अफ इनोसेन्स’, मिरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रुपी’,श्रीषा कुवँर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’, पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’, प्रदर्शन गरिएको थियो । १२।१० देखि १।२० सम्म चलेको दोस्रो स्लटमा ४ फिल्म देखाइएको थियो । यसमा पिंकी श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदरर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन भएका थिए ।

अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आइ गुड इनफ’, अन्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ अन्तिम स्लटमा देखाइएको थियो ।

किपालयले महिलाले बनाएका फिल्म मात्र प्रदर्शन गरिनु आफैँमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको बताएका छन् । किपालय प्रमुख आश्मा पोखरेलले यो सालको फेस्टिभल सानो स्केलमा गरिए पनि आगामी साल यसलाई वृहत् बनाउने योजना रहेको बताएका छन् ।

‘यो साल हामीले सानो स्केलमा ट्रायलको रुपमा नेपाली फिल्ममेकरका मात्र फिल्म देखाएर सुरुवात गरेका हौँ । आउँदो साल विदेशी फिल्म र फिल्ममेकरलाई पनि सहभागी गराएर दुई तीन दिनको भव्य फेस्टिभल गर्ने योजना छ,’ आश्माले भनिन् । यसका लागि बेलायत र युरोपका महिला फिल्म फेस्टिभलसँग सहकार्यको कुरा अगाढि बढिरहेको पनि उनले जानकारी गराएकी छिन् ।

फेस्टिभलमा फिल्म कलेजका विद्यार्थीसँगै २ सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो । फेस्टिभल सम्पन्न गर्न चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल, चिल्ड्रेनल फिल्म सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रको पनि सहयोग रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com