२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पाँच जना स्टाफ नर्सलाई वीर अस्पतालले निकाल्यो

काठमाडौँ वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ । स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले  सूचना गरी जानकारी दिएको छ ।

पाँचै जना नर्सलाई पटक-पटक सूचना जारी गर्दा पनि हाजिरीका लागि उपस्थिति गर्दा पनि बेवास्ता गरेको अस्पतालले बताएको छ ।

‘बिदा स्वीकृत नगरी अस्पतालबाट बसेको र पटक-पटक सूचना जारी गर्दा पनि सूचना गरेको ३० दिनभित्रमा उपस्थितिका लागि अनुरोध गर्दा पनि उक्त समयमा कार्यालयमा हाजिरी हुन आएको छैन,’ सूचनामा उल्लेख गरिएको छ ।

चि. वि. रा.प्र नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले प्रस्ट पारेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com