२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

जापानी प्रधानमन्त्री किशिदा चार दिने भारतको भ्रमणमा जाँदै

जापान- जापानी प्रधानमन्त्री फुमिओ किशिदा छिमेकी देश भारत भ्रमण जाँदैछन् । आइतबारदेखि बुधबारसम्म चार दिने भ्रारत भ्रमणमा जान लागेका हुन् ।

२० वटा औद्योगिक राष्ट्रको समूह (जी–२०) को अध्यक्ष देश भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिखर बैठकको कार्यक्रम छ । भ्रमणको क्रममा प्रधानमन्त्री किशिदाले भारतीय प्रधानमन्त्री मोदीसँग बैठकसँगै अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेका विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुने बताइएको जापानी मिडियाहरूले लेखेका छन् ।

युक्रेनमा रूसको आक्रमणमा तटस्थ रहेको भारतलाई उदयमान  विकाशशील देशहरूको प्रतिनिधिको रूपमा लिइन्छ । विकास अर्थतन्त्रहरूको प्रतिनिधिको रुपमा भारतको उचाई बढ्दो छ । औद्योगिक राष्ट्रको समूह (जी–२०)मा औद्योगिक राष्ट्रहरू र यूरोपेली युनियन सदस्य छन् ।

विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरू समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो । (जी–२०)मा पर्ने देशहरू अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका छन् । १८ औँ शिखर सम्मेलन यो वर्षको सेप्टेम्बर ९ देखि नयाँ दिल्लीमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com