२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारतको सहज जित

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेल भारतले ५ विकेटले जितेको छ । वाङ्खेडे स्टेडियममा शुक्रबार राति जितका लागि चाहिएको १ सय ८९ रनको लक्ष्य भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै ३ खेलमा सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

भारतलाई जित दिलाउन केएल राहुलले सर्वाधिक ७५ रन तथा रविन्द्र जडेजाले ४५ रनको योगदान गरे । अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा मार्कस स्टोइनिसले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८८ रन जोड्यो । उसका लागि मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए ।

भारतका मोहमद सामी र मोहमद सिराजले समान ३-३ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com