२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

स्ववियु चुनाव– हेटौंडाको वंशगोपालमा एमाले – एस गठवन्धनबाट सिलवालको जित

स्ववियु चुनाव– हेटौंडाको वंशगोपालमा एमाले – एस गठवन्धनबाट सिलवालको जित

मकवानपुरको हेटौंडा ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो ।

सिलवाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् । वंशगोपालमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।

यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने २० मत, कोषाध्यक्षमा रूपा राई १७मत, सदस्यहरूमा सपना राउत २३ मत, सुजन गोले १७ मतसहित निर्वाचित भएका हुन् ।

वंशगोपालमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्‍द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) बीच गठबन्धन रहेको थियो

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com