२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका इबराज यादव विजयी

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका इबराज यादव विजयी

दाङ । दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन् ।​ गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन् । यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए ।

सभापति पदमै अखिल क्रान्तिकारी वैद्य निकटका विशाल यादवले चार मत प्राप्त गरेका छन् । कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो ।

स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो ।

सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

अखिल छैठौंकी पुष्पा धितालले ३८ मत पाइन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com