२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

तनहुँको सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी

तनहुँको सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ स्थित सहिदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ ।

निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो । सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे । सचिवमा नेविसंघकै शालिग्राम पोख्रेलले २७ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे ।

सदस्यहरूमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा भने अखिल (क्रान्तिकारी) की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com