२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

फ्रान्स र बेल्जियमको शानदार जित

फ्रान्स र बेल्जियमको शानदार जित

काठमाडौँ- युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत फ्रान्स र बेल्जियमले शानदार जित हात पारेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४-० गोलअन्तरको जित हात पार्‍यो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन कप्तान कायलियन एमबाप्पेले दुई तथा एन्टोनी ग्रिजम्यान र डायोट उपामेकानोले एक-एक गोल गरे ।

समूह ‘एफ’ अन्तर्गत भने बेल्जियमले स्विडेनलाई ३-० ले पाखा लगायो । बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याट्रिक पूरा गरे । उनले ३५ औँ, ४९ औँ तथा ८२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com