२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

सर्वोच्च अदालतले भन्यो : आवश्यक न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो

सर्वोच्च अदालतले भन्यो : आवश्यक न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो

काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ ।

मंगलबार सर्वोच्च अदालतले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादनमा कठिनाइ भएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१ जनाको भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका बताए । यसले गर्दा सेवाग्राहीहरूलाई समयमै न्याय निरूपण गर्न नसकिएको उनले उल्लेख गरे ।

प्रवक्ता पौडेलले पेशीको व्यवस्थापन गर्दा भने २१ जना न्यायाधीशलाई नै लक्षित गरेर समूह बनाउने गरिएको भन्दै न्यायाधीश संख्या पर्याप्त नहुँदा सेवाग्राहीहरूलाई कठिनाइ महसुस भएको बताए । उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति नहुँदा समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्य सम्पादनमा अवरोध सिर्जना भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ३६ हजार ५ सयभन्दा बढी मुद्दाको लगत रहेको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा मात्रै ६ हजार ३ सयभन्दा बढी मुद्दा दर्ता भएको बताए । जसमध्ये ७ हजार ७ सयभन्दा बढी मुद्दाको फर्छ्यौट भइसकेको र २८ हजार ८ सय ५२ थान मुद्दा फर्छ्यौट​ हुन बाँकी रहेको बताए । उनले चालु आर्थिक वर्षमा मात्रै प्रति इजलास करिब ९ सय मुद्दा फर्छ्यौट भइसकेको जानकारी गराए । मुद्दाको सुनुवाइ सामान्यतया २ जना सम्मिलित संयुक्त इजलासबाट हुने गरेको उनले स्पष्ट पारे ।

उनले चालु आर्थिक वर्षमै २०६३ साल र २०६४ सालमा दर्ता भइ विचाराधीन रहेका २ थान मुद्दा फर्छ्यौट​ भएको बताए । अब सर्वोच्च अदालतमा सबैभन्दा पुरानो मुद्दा २०६५ सालमा दर्ता भएका २ थान मुद्दा रहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com