२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

ब्रह्मास्त्र २ र ३ को एकैसाथ सुटिङ हुने

मुम्बई । हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताएका हुन् ।  उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।

मिडियासँग कुरा गर्दै अयानले भने, ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ । यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट दर्शकको ठुलो अपेक्षा छ । फिल्मको दोस्रो भाग जतिसक्दो चाँडो रिलिज होस् भन्ने जनता चाहन्छन् तर यसपटक पहिलाभन्दा राम्रो लेख्छु भन्ने सोचेको छु । मलाई लाग्छ करिब तीन वर्षपछि हामी ‘ब्रह्मास्त्र २’ ठुलो पर्दामा देख्नेछौँ ।’

अयानले थपे, ‘मलाई लाग्छ ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू थिए । फिल्मलाई लिएर हामीले मिश्रित प्रतिक्रिया पाएका छौँ । तैपनि हामीले धेरै राम्रो नम्बर पायौँ, धेरैले हाम्रो फिल्म मन पराए।’ यसबाहेक, फिल्मले स्ट्रिमिङ प्लेटफर्ममा पनि राम्रो प्रदर्शन गरेको छ। ‘ब्रह्मास्त्र’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com