२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नवजोत सिंह सिद्धू जेलबाट रिहा

नवजोत सिंह सिद्धू जेलबाट रिहा

पूर्व क्रिकेट खेलाडी तथा भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलबाट रिहा भएका छन्।

शनिबार उनी पटियाला जेलबाट रिहा भएको बिबिसी हिन्दीले जनाएको छ।

भारतीय सर्वोच्च अदालतले उनलाई तीन दशक अघिको एउटा घटनामा भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय सुनाएको थियो।

उनी १० महिना जेल बसेर उनी छुटेका हुन्। उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए।

जेलबाट रिहा भएपछि उनले का राहुल गान्धीको विषयमा टिप्पणी गरेका छन्। कंग्रेसका नेता राहुल गान्धीलाई सुरत जेलले २ वर्ष जेल सजाय सुनाएको र लोकसभा सदस्य खारेज गरेको विषयमा टिप्पणी गरेका हुन्।

‘देशमा जबजब तानाशाही आएको छ। तब एउटा क्रान्ती पनि आएको छ। र यस पटक क्रान्तीको नाम राहुल गान्धी हो,’ उनले भने,‘हामी सरकारलाई हल्लाउँछौं।’

के थियो घटनारु

सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धूको ६५ वर्षीय गुरनाम सिंहसँग मारपिट भएको थियो। पछि गुरनाम सिंहको मृत्यु भयो। सिद्धूलाई गैर(नियतवश हत्याको आरोप लागेको थियो। त्यो बेला सिद्धूलाई जिल्ला अदालतले निर्दोष ठहर्‍याएको थियो। तर उच्च न्यायालयले दोषी ठहर्‍याउँदै तीन वर्ष सजाय सुनाइदियो।

सरकारको तर्फबाट मुद्दा लडेका वकिलका अनुसार उक्त दिन सिद्धू र उनका साथी रूपिन्दर सिंह संधु पटियालाको शेरनवाला गेटनजिकै गाडीमा जाँदै थिए। त्यहीँ पीडित गुरनाम सिंह र अरू दुई जना कारमा थिए।

सवारी हटाउने विषयमा सिद्धू र उनका साथीको गुरनाम सिंहसँग विवाद भयो। उनीहरूबीच कुटाकुट पनि भयो। यसबीच गुरनाम सिंह लडे। पछि अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो।

पुलिस रेकर्डका अनुसार घटनापछि सिद्धू र उनका साथी फरार थिए। पछि मृतकका परिवारको आग्रहमा सिद्धू र उनका साथीविरूद्ध मुद्दा दर्ता भयो।

जिल्ला अदालतपछि यो मुद्दा उच्च न्यायालयमा पुगेको थियो। सन् २००६ मा सिद्धू र उनका साथीलाई तीन-तीन वर्षको सजाय सुनाइयो। दुवैलाई जनही एक-एक लाख जरिमाना पनि तोकियो।

पछि गुरनाम सिंहको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भन्दै यो मुद्दा सर्वोच्चमा पुर्‍याइएको थियो।

सर्वोच्चले सन् २०१८ मा सिद्धूलाई निर्दोष सावित गरेको थियो। तर पीडित परिवारले यसविरूद्ध फेरि अपील दायर गरेको थियो।

यसमै अदालतले अहिले आएर सिद्धूलाई दोषी ठहर्‍याउँदै एक वर्षको सजाय सुनाएको हो।

पहिले सिद्धूविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए। सन् १९९९ उनले क्रिकेटबाट संन्यास लिए र कमेन्टेटरका रूपमा काम थाले। पछि उनी टेलिभिजन कार्यक्रमहरूमा देखिन थाले। विस्तारै उनी राजनीतिमा सक्रिय भए। उनी अमृतसरका सांसद भए र पन्जाबमा कांग्रेसका अध्यक्ष पनि भइसकेका छन्। अहिले उनी पन्जाब कांग्रेसका वरिष्ठ नेता हुन्।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com