२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निर्वस्त्र बनाएर दोहा विमानस्थलमा अष्ट्रेलियाली महिलाहरुलाई जाँचेपछि‘

एजेन्सी । आफूहरुलाई निर्वस्त्र बनाएर दोहा विमानस्थलमा शरीर जाँचेपछि विमानका यात्रु अष्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्।

सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूमध्ये कसैले बच्चा जन्माएर फालेको हो कि भन्ने आशंकमा उनीहरुलाई निर्वस्त्र पारेर विमानस्थलमा जाँच गरिएको थियो ।

तर, उनीहरुबाट त्यस्तो कुनै खालको शंका नभेटिएपछि महिलाहरुमानसिक पीडित बन्न पुगेका थिए । त्यसपछि उनीहरुले आफूमाथि भएको यस्ता दूव्र्यवहार राज्यद्वारा स्वीकृत आक्रमण भनेर थिए । र त्यसको सर्वत्र विरोध भएको थियो।

नाम नबताउने सर्तमा पीडित एक महिलाले पछि आफूमाथि सबैभन्दा भयानक शारीरिक परीक्षण गरिएको बताएकी थिइन्।

उनका अनुसार बन्दुक बोकेका धेरै पुरुषमध्ये कुनैले आफूलाई मार्लान् जस्तो लागेको थियो । विमानमा रहेका आफ्नो पतिलाई पनि मार्छन् जस्तो लागेको आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले बीबीसीमा भनेकी छन् ।

करिब पाँच मिनेट जतिको भयानक डरलाग्दो शारीरिक परीक्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको उनले बताएकी छन् ।

अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए।

त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुलअजिज अल थानी थिए । उनले ट्वीट गर्दै माफी पनि मागेका थिए ।

त्यसपछि कतारले आपराधिक छानबिनपश्चात् एक अधिकारीलाई निलम्बित गरेर जेल सजाय दिएको थियो। तर तीमध्ये सात महिलाका वकिल डामियन स्टुर्जाकरले बीबीसीलाई उनीहरूले कतारी अधिकारीसँग कुरा गर्न खोज्दा कुनै जवाफ नपाएको बताएका छन्।

आफूहरुले कतारले माफीसँगै आगामी दिनमा फेरि यस्तो घटना नघटोस् भनेर भन्नका लागि विमानस्थलको नियममा परिवर्तन चाहेको ती महिलाले बताइन् । र, यस विषयमा आफूहरुले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र कतार एअरवेजसँग आक्रमण, अनधिकृत घुसपैठ र झूटो जेल सजायको क्षतिपूर्ति समेत मागेको उनले बताइन्।

तर, सो घटनाका कारण मानसिक समस्या भोगिरहेकी महिलाले कतारी सरकारले केही नगरेका कारण आफूहरू मुद्दामा जान लागेको बताएकी छन् । बीबीसीबाट

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com