२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

रेल दुर्घटनामा परी ज्यान गुमाएका परिवारसँग ग्रीसका प्रधानमन्त्रीले मागे माफी

रेल दुर्घटनामा परी ज्यान गुमाएका परिवारसँग ग्रीसका प्रधानमन्त्रीले मागे माफी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा हजारौँ प्रदर्शनकारीले गरेको विशाल प्रदर्शनमा प्रहरीसँग भएको झडपपछि ग्रीसका प्रधानमन्त्रीले आइतबार देशकै सबैभन्दा भयानक रेल दुर्घटनामा परी ज्यान गुमाएका ५७ जनाको परिवारसँग क्षमा याचना गरेका छन् ।

“प्रधानमन्त्रीको हैसियतमा म सबैका लागि ऋणी छु र विशेषगरी पीडितका आफन्तप्रति क्षमा याचना गर्दछु,” किरियाकोस मित्सोटाकिसले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन् ।

“ग्रीसका लागि फरक–फरक दिशामा जाने दुईवटा रेल एउटै लाइनमा चल्न सक्दैनथे । दुवै सवारीका चालकको कमजोरीका कारण दुखद् घटना भएको छ,” मित्सोटाकिसले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको सन्देशमा भनेका छन् ।

ग्रीसको लारिसा सहर नजिकै मङ्गलबार यात्रुवाहक र मालवाहक रेलबीच भएको दुर्घटनाले ग्रीसभरि व्यापक आक्रोश फैलाएको छ ।

एथेन्समा आइतबार विद्यार्थी, रेल मजदुर र सार्वजनिक क्षेत्रका कर्मचारीको आह्वानमा हजारौँ आक्रोशित प्रदर्शनकारीहरू संसद् बाहिर भेला भई प्रदर्शन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com