२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा उकालाे  लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । बिहिबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यो मूल्य बिहिबारको तुलनामा ७५ पैसाले बढेको हो । बिहिबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com