२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

तीर्थमालीमाथि गोलि चलाउने प्रकाश नातामा वर्षमानकै भतिज

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमा गोली लागेर घाइते भएकी छन् । गएराति करिब १० बजे बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले चलाएको गोलि लागेर तीर्थमाली पुन घाइते भएकी हुन्

कामु प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रहरी सहायक हवलदार प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय नक्सालमा सोधपुछ भइरहेको छ । वर्षमानका नातेदारसमेत रहेका प्रकाश पनि रोल्पाकै हुन् । नातामा तीर्थमाली हजुरआमा र वर्षमान काका पर्ने माओवादीका एक नेताले जानकारी दिए ।

तीर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ । उनको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । वर्षमान उपचारका लागि चीनमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com