२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

लागूऔषधको हव बन्दै कैलाली, तीन महिनामा १७१ जना समातिए

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले चालू आर्थिक वर्षको तीन महिनामा लागूऔषधका विभिन्न मुद्दामा १७१ जना पक्राउ गरेको जनाएको छ ।

गएको माघ, फागुन र चैत्र महिनामा लागूऔषधका ११० मुद्दामा २१ जना महिला र १५० पुरुष गरि १७१ जनालाई पक्राउ गरि मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले इकागजलाई बताए ।

पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३१४ ग्राम ३७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट, चरेस २६ किलो ४७ ग्राम ९२० मिलिग्राम, स्पास्मो १२१ क्याप्सुल र ब्रुनुफ्रीन ७ ट्याब्लेट बरामद गरिएको डिएसपी चन्दले बताए ।

त्यस्तै सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारीसाधन र २० जना मानिस पक्राउ गरि मुद्दा चलाई ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्वसमेत उठाएको डिएसपी चन्दले बताए ।

यसैगरी सवारीसाधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारीसाधनबाट ७१ लाख ७२ हजार ५ सय जरिवाना असुलउपर गरिएको डिएसपी चन्दले बताए ।

प्रहरीले सोही अवधिमा अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाएको डिएसपी चन्दले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com