२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

काठमाडौँका विद्यालयमा राजनीतिक गतिबिधि गरे प्रधानाध्यापकमाथि कारबाही

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधि तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापकमाथि कारबाही गर्ने जनाएको छ ।

महानगरपालिकाले आफू माताहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सिताराम कोइरालाका अनुसार विद्यालय हाताभित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरू भएको प्रमाणसहित उजुरी प्राप्त भएपछि सो निर्देशन जारी गरिएको हो ।

‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरद्धारा जारी निर्देशनमा भनिएको छ, ‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्योहोरासमेत जानकारी गराइन्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com