२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

हार्‍यो बार्सिलोना

काठमाडौँ- स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ ।

म्याड्रिडमा बुधबार राति भएको खेलमा घरेलु टोली रायो भालेकानोसँग पराजय हुन पुगेको हो ।

भालेकानो २–१ ले बिजयी हुदाँ शिर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ ।

बुधबार राति भएको खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो ।

भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो ।

दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० को अन्तरले अग्रता दोब्बर बनाए ।

तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु पर्‍यो ।

यस सिजन ला लिगामा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जुटाएको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com