२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

पूर्वराजालाई ओलीको चेतावनी : छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए ।

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले भने, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’

एमालेले कारबाही गरेका दुर्गा प्रसाईंतर्फ संकेत गर्दै ओलीले ट्याउट्याउ गर्दै कुद्ने एकदुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने चेतावनी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com