२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एमालेका फरार सांसद कोइरी उद्योग समितिमा सिफारिस

काठमाडौँ- संघीय संसद्‌का ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌ सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजाय सुनाएपछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद्‌ सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भएपछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।

यसैगरी, सबै संसदीय समितिमा पहाडीया तथा खस आर्य समुदायका सदस्य रहे पनि उद्योग समितिमा भने एक जना पनि पहडिया खस समुदायको सदस्य सिफारिस भएका छैनन् ।

कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com