२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

धनकुटाका दुई हजार पाँच सय बढी दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा- धनकुटाका दुई हजार पाँच सय ८३ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदान स्वरूप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत दिन लागिएको हो ।

जिल्लाका चार स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई एक करोड ५० लाख रकम वितरण गरिने पशुसेवा कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए । चालु आर्थिक वर्षभर किसानले उत्पादन गरेको दूधको प्रतिलिटर रु दुईका दरले प्रोत्साहन रकम दिइने उनले जानकारी दिए ।

हालसम्म जिल्लाका १७ वटा सहकारीमार्फत पहिलो चरणको प्रोत्साहन रकम वितरणको काम सकिएको कार्यालयका अधिकृत छैटा पुष्प दाहालले जानकारी दिए । सबैभन्दा धेरै छथर जोरपाटी गाउँपालिकाअन्तर्गत १९ सहकारीमार्फत एक हजार एक सय ५९ किसानले प्रोत्साहन रकम पाउनेछन् ।

महालक्ष्मी नगरपालिका अन्तर्गत नौ वटा सहकारीमार्फत पाँच सय ८७ र  धनकुटा नगरपालिकाका पाँच वटा सहकारीमार्फत पाँच सय ९८ किसानले रकम पाउनेछन् । त्यस्तै पाख्रिबास नगरपालिकाको चार सहकारी संस्थामार्फत दुई सय ३९ किसानले प्रोत्साहन रकम पाउने कार्यालयले जनाएको छ ।

यसैक्रममा शुक्रबार धनकुटा नगरपालिका–३ स्थित श्री दुग्ध उत्पादक सहकारीका एक सय ४८ किसानलाई रु दुई लाख १० हजार सात सय आठ रकम प्रदान गरिएको छ । किसानलाई प्रदेशसभा सदस्य निरन राई, धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनाल, पशुसेवा कार्यालय धनकुटाका प्रमुख ढुङ्गानाले प्रोत्साहन रकम वितरण गरेका छन् ।

गत आर्थिक वर्षमा धनकुटामा ८० करोड २१ लाख ५० हजार बराबरको १६ हजार ४३ मेट्रिक टन दूध उत्पादन भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार हाल जिल्लामा एक सय २३ गाई फर्म र ६ वटा भैँसी फर्म सञ्चालित छन् । जिल्लामा उत्पादित ५० प्रतिशत दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com