२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रहरीकै स्कर्टिङमा रायमाझी काठमाडौँ आउँदै, काठमाडौँ प्रहरीमा आफै उपस्थित हुने

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेको खबर केही मिडियादेखि सामाजिक सञ्‍जालसम्म भाइरल छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको उनीमाथि आरोप छ ।

बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । पक्राउ पुर्जी जारी भएको जानकारीसँगै उनले काठमाडौँ आउने प्लेनको टिकट रद्ध गरेका थिए । नक्कली शरणार्थी प्रकरणमा रायमाझी बुधबार राति ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउने तयारी भएपनि उनी आएनन् ।

रुपन्देहीका एसपी तथा प्रहरी प्रमुख भीमबहादुर विकका अनुसार रायमाझी पक्राउ परेका छैनन् ।

टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट बुधबार साँझ पक्राउ परेका थिए ।

तर भएको के हो ?
उनी पक्राउ नपरेको साँचो हो । तर रायमाझी प्रहरीकै स्कर्टिङमा काठमाडौँ आउँदैछन् । बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार बिहान भैरहवा प्रहरीको स्कर्टिङमा काठमाडौँ आउँदै गरेको प्रहरी प्रधान कार्यालयक एक उच्च अधिकारीले इकागजलाई जानकारी दिए । ‘उहाँलाई पक्राउ गरिएको छैन । प्रहरीको सहयोगमा रायमाझी गाडीबाटै काठमाडौँ आउँदै हुनुहुन्छ’ ती अधिकारीले इकागजसँग भने ‘उहाँ काठमाडौँ आएर जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित हुनुहुनेछ ।’

ति अधिकारीका अनुसार अगाडि र पछाडी प्रहरीले स्कर्टिङ गरेको बीचमा आफ्नै गाडिमा रायमाझी काठमाडौँ आउँदैछन् । यो समाचार तयार पार्दासम्म लुम्बिनी प्रदेशबाट क्रस भइसकेको ती प्रहरीले इकागजलाई बताए ।

के सांसदलाई पक्राउ गर्न पाइँदैन ?
सांसद भएकाले उनलाई पक्राउ गर्न गाह्रो भएको ती प्रहरीको भनाइ छ । संसद्‌ चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने ती प्रहरीको तर्क थियो । तर संसद्‌ अधिवेशन चालु नरहेको हुँदा उनलाई पक्राउ गर्न कानुनले बाधा गर्ने थिएन् ।

‘संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन’ संविधानको धारा १०३ को उपधारा ६ मा लेखिएको छ ‘ तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com