२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

आर्मीलाई राष्ट्रिय पुरुषबीच भलिबलको उपाधि

काठमाडौँ- राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानी महलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो । उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझायो ।

अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

चैत २८ गतेबाट रानी महल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरी ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी ९ टोली सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानी महललाई बीच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए । प्रतियोगिताको दोस्रो संस्करणको उपस्थित भएर तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बेगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानी महल क्षेत्रलाई बीच भलिबलको केन्द्र बनाउने घोषणा गरेका थिए ।

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले रानी महलमा राष्ट्रियबीच भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com