२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रिय सभाद्वारा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन

काठमाडौँ- राष्ट्रिय सभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रपतिबाट आज भएको सम्बोधनका लागि सांसद गोपीबहादुर सार्की अछामीले धन्यावादको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका  थिए ।

बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ९ गतेसम्म छलफल हुने र ९ गते नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको व्यहोरा सदनलाई जानकारी गराए ।

राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ७ गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com