२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

प्रधानमन्त्रीको भारत भ्रमण : यस्तो छ आजको भ्रमण तालिका

काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज  मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यहाँ प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com