२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

ए डिभिजन लिग : आज तीन खेल हुँदै, कुन क्लब काेसँग भिड्दै ?

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपीएफ फुटबल क्लब  भिडन्तमा उत्रने छन्, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावलाखेल युथ क्लब आमुने सामुने हुनेछन्, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com