२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

‘ए’ डिभिजन लिग : खुमलटार क्लब रेलिगेसनमा, नेपाल पुलिस क्लब तेस्रो

काठमाडौँ- खुमलटार रेलिगेसनमा परेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९/८० अन्तर्गत अन्तिम चरणको खेलमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएपछि खुमलटार रेलिगेसनमा परेकाे हो ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले खुमलटारलाई २-० गोलले हराएको हो । हारसँगै खुमलटार ‘बी’ डिभिजनमा झरेको छ ।

विवाद युक्त पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी नदिएको निहुँमा रेफ्रीलाई हातपात गरेपछि खुमलटारका चार अफिसियललाई रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए ।

लिग विजेता भइसकेको चर्च ब्वाइजका लागि  सुशील शाह र जोसेप बेम्पाहले एक-एक गोल गरेका थिए । खेलको १२ औं मिनेटमा सुशीलले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जोसेपले गोल गर्दै चर्च ब्वाइजलाई २-० को जित दिलाउन सफल भए ।

जितसँगै चर्च ब्वाइजले २६ खेल खेल्दै ४८ अंक बनाएको छ । हारसँगै खुमलटारको २६ खेलमा २७ अंक बनाएर अन्तिम स्थानमा रही ‘बी’ डिभिजनमा झरेको छ ।

आजै च्यासल मैदानमा भएको खेलमा सातदोबाटोलाई १-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान पक्का गरेकाे छ । अहमद हिजाजीको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

जितसँगै नेपाल पुलिसले २६ खेल खेल्दै ४१ अंक बनाएको छ । हारसँगै सातदोबाटोको २६ खेलमा ३५ अंकसहित पाँचौँ स्थानमा यथावत छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com