२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

एएफसी यू-२० महिला एसियन कप: नेपालले आज चाईनिज ताइपेइको सामना गर्दै

काठमाडौँ- एएफसी यू-२० महिला एसियन कपअन्तर्गतको दोस्रो चरणको छनोटमा नेपालले आज तेस्रो तथा अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइको सामना गर्नेछ ।

समूह ‘बी’ मा रहेका नेपाल र चाइनिज ताइपेइबीचको खेल म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो जित हात पार्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० को पराजय भोगेको थियो ।

यता ताइपेइले भने अघिल्लो दुईमध्ये एक खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो ।

दुई खेलमा जित हात पारेको चीन ६ अंक जोडेर शीर्ष तथा एक खेलमा जित हात पार्दा एक खेलमा अंक बाँडेको म्यानमार ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com