२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एसियन गेम्सका लागि बक्सिङ खेलाडी छनोट

काठमाडौँ- चीनमा आयोजना हुने १९ औँ एसियन गेम्सका लागि बक्सिङ खेलाडीको छनोट पूरा भएको छ । छनोट प्रतियोगिताको अन्तिम आइतबार ५० किलो महिला तौल समूहअन्तर्गत नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङले एचटूओकी अस्मिता दुवाललाई पराजित गरिन् ।

५४ किलो तौल समूहमा आर्मीकी मीनु गुरुङले बक्समाण्डुकी अन्जनी तेलीलाई हराइन् । महिला ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरीकी निशा तामाङ पराजित गरिन् ।

६० किलो तौल समूहतर्फ एपीएफकी संगिता सुनार आर्मीकी वर्षा श्रेष्ठबाट ‘वाक ओभर’ पाइन् । महिला ६६ किलो तौल समूहमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ तथा महिला ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले एपीएफकी मनिता राईलाई पराजित गरिन् ।

पुरुषतर्फ ५१ किलो तौल समूहमा एचटूओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापा, ५७ किलो तौल समूहमा एचटुओकै बुद्ध ग्याम्जो लामाले बोसिगाँउ क्लबका सुलभ माली तथा पुरुष ६३.५ किलो तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई पराजिध गर्दै नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले एसियन गेम्सका लागि छनोट भए ।

पुरुष ७१ किलो तौल समूहमा आर्मीका दिपेश लामाले सुदूरपश्चिमका भरत चन्द, पुरुष ८० किलो तौल समूहमा आर्मीका दीपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ, पुरुष ९२ किलो तौल समूहमा गण्डकीका दीपक सुनवारले एपीएफका रविन नेपाललाई पराजित गरे । ९२ किलो तौल भन्दामाथिको समूहमा आर्मीका आशिश दवाडी छनोट भए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com