२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

विश्वकप छनोटः आज पनि दुई खेल हुँदै

काठमाडौँ- जिम्बाब्वेमा आइतबारदेखि सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज पनि दुई खेल हुने भएको छ । आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुने तालिका रहेको छ ।

बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा श्रीलंकाले युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल हुनेछ । त्यसैगरी, बुलावायो एथलेटिक क्लबमा आयरल्यान्डले ओमानविरुद्ध खेल्नेछ । दुबै खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

समूह ‘बी’ स्कटल्यान्ड पनि रहेको छ ।

यसअघि समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ८ विकेट तथा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com