२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरू

विराटनगर- २०७९ फागुन १७ मा तत्कालिन प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ नामकरणपछि असन्तुष्ट बनेका पहिचान पक्षधर समुहसँग सरकारले वार्ता सुरु गरेको छ । सोमबार विहान विराटनगरको बिग होटलमा दुवै पक्षबीचको वार्ता सुरु भएको हो ।

विहान ८ बजेका लागि वार्ताको समय तोकिएपनि आन्दोलनरत पहिचान पक्षधर समुहको टोली ढिलो आइपुग्दा साढे ९ बजेमात्रै वार्ता सुरु भएको जनाइएको छ ।
खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा सरकारी वार्ता समितिमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौला रहेका छन् ।

पहिचान पक्षधर समुहबाट भने युवराज राई, रामभक्त कुरुम्बाङ, गोबिन्द आङ्बुङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक, कुमार लिङ्देन र पदम जवेगु उपस्थित छन् । आन्दोलनरत पक्षहरुको आइतबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको थियो ।

नामकरणपछि बढेको असन्तुष्टिका कारण पहिचान पक्षधर समुहले विराटनगरमा उग्र प्रदर्शन गर्दै आएका थिए । सोही क्रममा चैत ५ मा भएको पहिलो प्रदर्शनमा सहभागी भएर फर्किएका पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि संघीय सरकारले बनाएको छानबिन टोलीले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसक्दा पनि लिम्बुको मृत्युको कारण भने अहिलेसम्म सार्वजनिक गरेको छैन । तर उनलाई सरकारले सहिद घोषणा भने गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com