२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

निर्यात सहजीकरण र उद्योगमा रोजगारी सिर्जनाका लागि महासंघले थाल्यो पहल

४ असार, काठमाडौं । निर्यात व्यवसायी महासंघले नीतिगत सुधार र निर्यात उद्योगमा रोजगारीको अवसर बढाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)सँग सहकार्य गर्ने भएको छ । सोमबार काठमाडौंमा महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे र यूएसएआइडीकी व्यापार प्रमुख एग्नेस लुजबीच समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर भएको छ ।

नेपालबाट हुने निर्यातलाई दिगो र विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सम्झौताले सहयोग पुग्ने अध्यक्ष पाण्डेले बताए । नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने पाण्डेले बताए । यूएसआईडीसँगको सहकार्यले निर्यातबारेको नीतिगत सुधारका योजनालाई अगाडि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् ।

साना र मझौला प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि र नयाँ व्यापार अवसरका लागि सहमति महत्वपूर्ण हुने भन्दै निर्यात व्यावसायी उत्साहित छन् । सहमतिमा मुख्यगरी बजारमा आधारित वित्तीय र गैर–वित्तीय सेवाहरूमा पहुँच सुधार गर्ने उल्लेख छ ।

यस्तै उच्च रोजगारीको सम्भावना भएका क्षेत्रहरूमा उत्पादकत्व वृद्धि गर्ने र लगानीको वातावरण र व्यापारका लागि उपयुक्त अवस्था निर्माणका लागि नीतिगत सुधारमा केन्द्रीत हुनेगरी कार्यक्रम ल्याउन दुवै पक्ष सहमत भएको पाण्डेले बताए ।

निर्यातजन्य उद्योगमा कार्यरत श्रमिकका लागि समयानुकूल तालिम र र नीतिगत सुधारका लागि सरोकारवालासँग छलफललाई तीब्रता दिन दुवै पक्ष सहमत भएका छन् ।

सहमतिमा हस्ताक्षरपछि श्रमिकको सीप विकास र नीतिगत सुधारका लागि महत्वपूर्ण कदम चाल्न सकिने भन्दै अध्यक्ष पाण्डेले निर्यातलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com