२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भारतविरुद्धको खेल फाइनलसरह हुनेछ : नेपाली प्रशिक्षक भिन्सेन्जो

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले भोलि (शनिबार) आयोजक भारतको सामना गर्दैछ । नेपाल र साविक विजेता भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को पराजय भोगेको थियो । नेपालका लागि एकमात्र गोल अन्जन विष्टले गरेका थिए । यता कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकको मदतमा भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो ।

गत सिजनको उपविजेता नेपालले सेमिफाइनलको सम्भावना कायमै राख्न शनिबारको खेलमा भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।

तर, नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसले भने भारतविरुद्धको खेल नेपालका लागि फाइनलसरह नै हुने बताएका छन् ।

‘भारतविरुद्धको खेल हाम्रा लागि फाइनलसरह नै हुनेछ । नेपाल-भारतबीचको खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुन्छ र मैले भारतमा पनि समय विताएको तथा खेलाडीलाई चिनेको हुनाले सो खेल मेरा लागि सम्झनलायक हुनेछ,’ भारतविरुद्धको खेलअघि एनेसले थपे ।

भिन्सेन्जोले पहिलो खेलमा कुवेतविरुद्ध हार बेहोर्नुमा खेलाडीको अनुभवको कमीका कारण भएको बताउँदै नेपालले कुवेतविरुद्ध दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com