२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Janasewa News

डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार  विकासमा जोड दिएको छ। राज्यको पहुँच नपुगेको दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत यसमार्फत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको छ। डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय छ।’

उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आए पनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताए । उनले सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको जिकिर गरे।

”सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन।’ उनले भने ।

प्रधानमन्त्री दाहालले रकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्‍याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको बताए ।

उनले भने, ‘सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्‍याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयासहरु केन्द्रित छन्।’

उनले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको उल्लेख गरे। ‘ सरकारले छोटो समयमा नै उपलब्धि हाँसिल गरेपनि यी प्रयास पर्याप्त छैनन्। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा दिनहुँ जस्तो भइरहेको विकाससँगै प्रविधि, संरचना, सेवा प्रवाहको ढाँचा वा शैलीमा अपडेट भइरहने र त्यही अनुरुप नीतिगत संरचनामा पनि प्रविधि परिवर्तन गरिरहरनु पर्ने चुनौती हाम्रो सामुमा छन्, ‘ उनले भने, ‘सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार  विकासमा जोड दिएको छ।’

प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक अवस्थाका कारण पनि सोचे अनुसारको विकास हुन नसकेको बताए। उनले आइसीटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु देशका लागि खुशीको कुरा भएको बताए।

उनले भने, ‘सरकारले छोटो समयमा नै उपलब्धि हाँसिल गरेपनि यी प्रयास पर्याप्त छैनन्। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा दिनहुँ जस्तो भइरहेको विकाससँगै प्रविधि, संरचना, सेवा प्रवाहको ढाँचा वा शैलीमा अपडेट भइरहने र त्यही अनुरुप नीतिगत संरचनामा पनि प्रविधि परिवर्तन गरिरहरनुपर्ने चुनौती हाम्रो सामूमा छन्।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com