२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

यू-१६ क्रिकेटः नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १८४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि अशोक धामीले ३६ बलमा ५२ रनको योगदान गरे । अशोक धामीले २५ औँ ओभरमा हडिफ इरफानलाई लगातार ३ छक्का हिर्काएका थिए । नरेनले २९ रन बनाए । सुर्यान्सु कोइराला २९ रनमा आउट भए । क्रितिक कामतले १६ रन र दिपु कुमारले १५ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अकरम, मुहम्मद मुक्री, हजिक हैकल र अरियन अकिलले २-२ विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तीन टिम समावेश यस समूहमा मलेसिया पनि अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com