२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

हेटाैंडाकाे सडक २५ मिटर विस्तार गर्न नगर सभाबाट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।  उपमहानगरपालिकाको शनिबार १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक वर्ष कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट पारित गरेको हो।

असार २ गते १३ औं नगरसभाको पहिलाे बैठकमा उममेयर राजेश बानियाँले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कुल २ अर्ब ६० करोड रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरिएको थियो । प्रदेश सरकारकाे बजेट असार १ गते सार्वजनिक भएकाे तर स्थानीय तहकाे अनुदानकाे रकम प्राप्त नभएकाे अवस्थामा हेटौडाले असार २ गते २ अर्ब ६० कराेड बजेट सभामा प्रस्तुत गरेकाे थियाे ।

प्रदेशबाट प्राप्त अनुदानकाे रकम थप भए पछि नगर सभाकाे पहिलाे बैठकमा पेश भएकाे बजेटकाे आकार ८ कराेड बढेकाे हाे । यसैगरी शनिबारकाे नगरसभाकाे दाेस्राे बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेकाे छ ।

नगर सभमा २५ मिटर सडक विस्तार पारित

हेटौँडा उपमहानगर क्षेत्र भएर गएकाे राष्ट्रिय राजमार्गकाे विस्तार २५ मिटर अभियानमा उपमहानगरकाे नगर सभाले सर्वसम्मत निर्णय गरेकाे छ । यससँगै विगत केही बर्ष देखि चर्चामा रहेको २५ मिटर सडक विस्तार अभियानमा स्थानीय सरकारको साथ रहकाे भएकाे छ ।

हेटौँडा उपमहानगरपालिकाकाे क्षेत्र भएर राष्ट्रिय राजमार्ग पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथले राजधानी तथा अन्य मुख्य शहरलाई जाेडछ । उपमहानगरपालिकाको शनिबार सम्पन्न १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तार कार्य गर्न सर्वसम्मत निर्णय गरेको उपमहानगरका प्रवक्त एवम् हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले बताए । उनले सडक विस्तार पछि उत्पन्न हुने समस्या र व्यवसायीहरुको व्यवस्थापन, क्षतिपूर्तिका लागि उपमहानगरले सम्बन्धित निकायलाई पहल र समन्वय गर्ने जानकारी दिए ।

डिभिजन सडक कार्यालयले हेटौंडाले असार १० गते हेटौँडा बजार क्षेत्रमा सडकको २५ मिटर भित्र पर्ने घरटहार र संरचना हटाउन ३५ दिने सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी सकेकाे छ । हेटौडाकाे सडक विस्तार अभियान २०७४ सालमा सुरु भएकोमा अदालतको अन्तरिम आदेशका कारण रोकिएको थियो । यस अघी हेटाैडाकाे सडक विस्तार अभियान राजनैतिक दलहरुले निर्वाचनकाे समयमा प्रयाेग गर्ने गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com