२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

बागमती प्रदेशको बजेट सन्तुलित नभएको एमालेको आरोप

मकवानपुर – नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारद्वारा ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाएका छन् ।

उनले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी विनियोजित बजेट पास हुन नदिने अडान दोहोर्याए । नेता थपलियाले जनताको घर जग्गा जोगाउने, खहरे बाढी नियन्त्रण गर्न अति न्यून बजेट विनियोजित गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको बीच कुनै पनि तालमेल नगरेको टिप्पणी गर्दै उनले बजेटमा विद्युतीय बस, सुरुङ मार्गजस्ता अघिल्लो सरकारले ल्याएको जनमैत्री र प्रदेश गौरवको योजनाको नाम बजेट विनियोजन नगरेको बताए । नेता थपलियाले आफ्नो दलको तर्फबाट प्रस्तुत गरिएको ११ वटा माग पूरा नगरेसम्म बैठक अवरुद्ध गरिरहने जिकिर गरे ।  रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com