२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

संसद्‍बाट नै सकारात्मक बहसको थालनी भए मुलुकको अर्थतन्त्रमा सुधार आउँछ : मन्त्री महत

काठमाडाैँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताएका छ ।  बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता रहेको भन्दै उक्त बहस संसदबाटै सुरु गर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले देशमा सबै नराम्रो मात्रै भएको छ,अर्थतन्त्र ओरालो लागेर बिग्रियो, अब यो देशमा बस्नु र लगानी गर्नुको औचित्य छैन भन्ने जस्ता नकारात्मक सन्देश समाजमा फैल्याउन नहुने कुराकाे उल्लेख गरे ।

अर्थमन्त्री महतले सबैले नकारात्मक मात्रै कुरा गरी राख्यो भने परिणाम पनि नकारात्मक आउने दाबी गरे । मुलुक भित्रै लगानी गर्न लगानीकर्ताको मनोबल बढाउनुपर्ने अवस्थामा अन्योल पार्न नहुने उनकाे भनाइ छ ।

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रले कोभिड महामारी लगायत धेरै अप्ठ्यारो परिस्थिति भोगेर आएको भन्दै अहिले मुलुकको अर्थतन्त्र सहज अवस्थामा रहेकाले आत्तिन नहुने बताए ।

उनले अहिले रेमिट्यान्स, पुँजी प्रवाह, पर्यटन वृद्धि भइरहेको दाबी गरे । अर्थमन्त्री महतले लगानीलाई सहज गर्न मौद्रिक नीति मार्फत वित्त नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने प्रतिवद्धता समेत जनाए ।

उनले देशको अर्थतन्त्र सकारात्मक तर्फ उन्मुख हुँदै गएको बताए । उनले राजश्व संकलनमा सुधार भएको भन्दै आर्थिक गतिविधिहरू बढ्ने बित्तिकै अर्थतन्त्रमा सुधार हुने विश्वास रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com