२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

प्रीतम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली जानुभयो

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहले नेपालको सामाजिक विकासमा दिएको योगदानको प्रशंसा गरेका छन् ।

सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गरे ।

‘उहाँको योगदान ट्रान्सपोर्टमा मात्रै सीमित छैन, उहाँले समाजका अरु क्षेत्रमा पनि योगदान गर्नुभएको छ’, प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैंले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’

नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रीतम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उनको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले प्रीतम सिंहले राजनीतिमा पनि रुचि राख्ने भन्दै आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको समेत टिप्पणी गरे ।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ’ प्रचण्डले भने ।

शान्ति प्रक्रिया सुरु भएपछि पम्फा भूसालसँग सिंहको सम्पर्क भएको, आफूले त्यसै बेला सिंहलाई चिन्न पाएको प्रचण्डले सम्झिए । ‘हामीले एक अर्कालाई चिन्ने बुझ्ने मौका पायौं, मेरो ठूली छोरीलाई क्यान्सर हुँदा उहाँले निकै ठूलो सहयोग गर्नुभएको छ, मेरो परिवार नै उहाँप्रति नतमस्तक छ’, उनले कृतज्ञता व्यक्त गर्दै भने ।

सिंहले जम्मुबाट नेपालमा थुप्रै ट्रक तथा मजदुर ल्याएर यातायात क्षेत्रमा योगदान दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com