२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा लागि नेपाली महिला फुटबल टोली घोषणा

२२ असार, काठमाडौं । बंगलादेश विरुद्ध हुने दुई महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ ।

१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले यही जुलाई १३ र १६ बंगलादेशसँग ढाकामा दुई खेल खेल्दैछ ।

त्यसका लागिमुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट उनले अन्तिम टोली चयन गरेका हुन् ।

टोलीमा डिफेण्डर गीता राना र मिडफिल्डर प्रिती राईले पुनरागमन गरेका छन् । दुवैले चोटका कारण चियतनाम विरुद्धको ओलम्पिक छनोट खेल गुमाएका थिए ।

यस्तै डिफेण्डर अञ्चली वाइबा पनि टिममा अटाएकी छन् ।

टोलीको व्यवस्थापकमा बिन्द्रा देवान छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com