२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एमालेको अवरोधपछि राष्ट्रियसभाको आजको बैठक स्थगित

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अवरोधपछि शुक्रबारको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको अर्को बैठक आइतबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको हो ।

शुक्रबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए । सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । उनले बोलिसकेपछि एमालेका सांसदहरूले उभिएर विरोध गरे । अध्यक्ष तिमिल्सिनाले बैठक अगाडि बढ्न दिन एमालेसँग आग्रह गरे, तर उसले मानेन ।

एमालेका सांसदहरू उभिइरहेपछि उनले बैठक नै स्थगित गरिदिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिँदासम्म संसद् चल्न नदिने एमालेको अडान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com