२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

‘अटल मिथिला सम्मान’बाट कांग्रेस नेता विमलेन्द्र निधि सम्मानित

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन्।

अटल भारत फाउन्डेसनले आइतबार नयाँ दिल्लीमा आयोजित समारोहमा सांसदसमेत रहेका निधिलाई सम्मान गरेको हो।

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा समावेश गराएका थिए।

उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्‍याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

यसपटक कांग्रेस नेता निधि सम्मानित भएका हुन्।

कार्यक्रममा निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

‘विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन,’ निधिले भने, ‘तर सहयोगको सुरूवात नेपालको तर्फबाट भएको हो। भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायतका नेताहरूले सहयोग गर्नुभएको थियो।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com