२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आज नेपाल र युएई भिड्दै

काठमाडौँ- आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ ।

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो ।

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेबाट सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्धपी, आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन ।

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पीडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com